• Tuesday 6th of October 2026

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायत विरुद्ध मुद्दा दायर


  • धनकुटा खबर
  • .

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ वटा विदेशी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बोलपत्रको सर्तहरूमा बदनीयतपूर्ण हेरफेर गरी राज्यलाई १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ नोक्सानी पुर्‍याएको दाबी गरेको छ।

मुद्दा दायर गरिएकाहरूमा विभागका तत्कालीन १० जना कर्मचारी र दुई जर्मन कम्पनी र तिनका ३/३ जना प्रतिनिधिहरू रहेका छन्। मिलेमतोमा निश्चित कम्पनीलाई ठेक्का सुम्पिएर सरकारी सम्पत्ति हानि–नोक्सानी गरेको अख्तियारको जिकिर छ ।

राष्ट्रसेवक पदाधिकारी/कर्मचारी र आपूर्तिकर्ता कम्पनी एवं कम्पनीहरूका आधिकारीक प्रतिनिधिहरू समेतलाई प्रतिवादी बनाई सोमबार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(पूर्व प्रकाशित समाचारमा अन्यथा हुन गएकोले क्षमायाचना सहित सच्च्याएको छ ।)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖