• Tuesday 6th of October 2026

विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेपछि एमाले सचिव महेश बस्नेतले टिप्पणी गरेका छन् । फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिएको उनको दाबी छ ।

बस्नेतले पौडेल पक्राउ लगत्तै सामाजिक सञ्जालमार्फत ‘कुखुरा मर्‍यो’ भन्दा पनि ‘स्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताएका छन्।

आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने बस्नेतको भनाइ छ ।

‘कानुनी राज्यमा पहिले तथ्य र प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ, त्यसपछि मात्र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ। तर फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन’, बस्नेतले भनेका छन् ।

एमाले पंक्तिले पनि यसलाई केवल एउटा व्यक्तिसँग सम्बन्धित घटनाका रूपमा होइन, लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक रहेको बस्नेतको भनाइ छ । पौडेललाई सम्पत्ति शुद्धीकरणको पत्रका आधारमा सोमबार प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖