• Wednesday 7th of October 2026

प्रधानमन्त्रीको निर्देशनपछि राष्ट्रिय परिचयपत्रको विदेशी ठेक्का रद्द, अब सरकारले आफैं छाप्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचयपत्र छपाइसम्बन्धी विदेशी ठेक्का रद्द गरिएको छ।

अब परिचयपत्र सरकार आफैंले छाप्ने व्यवस्था मिलाइने भएको छ।

सरकारले परिचयपत्र छपाइको काम विदेशी कम्पनीलाई दिने सम्झौता अघि बढाइरहेको भए पनि पछिल्लो निर्देशनपछि उक्त प्रक्रिया रोकिएको हो।

अब राष्ट्रिय परिचयपत्रको उत्पादन तथा छपाइ कार्य सरकारी संयन्त्रमार्फतै सञ्चालन गर्ने तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖