भरतपुर । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद र मनमुटाव रहेको स्वीकार गरेका छन् ।
मङ्गलबार भरतपुरमा सुरु भएको रास्वपाको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीभित्र केही असमझदारी र मतभेद रहे पनि त्यसलाई सार्वजनिक रूपमा सडकमा नलैजान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले रास्वपालाई विश्वास गरेर मत दिएका जनताको भावनाको सम्मान गर्नुपर्ने उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
लामिछानेले आन्तरिक मतभेदलाई पार्टीभित्रै छलफल र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताए । उनले जनताले दिएको विश्वास जोगाउनु नै पार्टीको प्रमुख दायित्व भएको पनि उल्लेख गरे।
