काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ कार्यसमितिको सभापतिका लागि उम्मेदवारी दिएका छन्।
लामिछानेको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह रहेका लामिछानेकाे सचिवालयले जनाएकाे छ।
चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन जारी छ।
तेस्रो पटक संधोधित निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहानदेखि सभापति र केन्द्रीय सदस्यहरु निर्वाचनका लागि मतदान हुने छ।
