• Tuesday 6th of October 2026

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यमा निवर्तमान महामन्त्री बुर्लाकोटीको उम्मेदवारी, गृहमन्त्री गुरुङ प्रस्तावक


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सदस्यमा ३७० भन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यी उम्मेदवारहरूमध्ये निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । बुर्लाकोटीको केन्द्रीय सदस्यको उम्मेदवारीमा गृहमन्त्री एवं रास्वपा नेता सुदन गुरुङ प्रस्तावक रहेका छन्।

यसैबिच महाधिवेशन स्थल भरतपुरमा उम्मेदवारी दर्ताका क्रममा पार्टी नेताहरूबीच आपसी सहयोग र सौहार्दता देखिएको छ। नेताहरू एकआपसमा प्रस्तावक र समर्थक बन्ने क्रम चलेको छ।

यसैगरी डा. स्वर्णिम वाग्लेको केन्द्रीय सदस्यको उम्मेदवारीमा बुर्लाकोटी समर्थक रहेका छन् । रास्वपाको केन्द्रीय सदस्यको निर्वाचन सकिएपछि निर्वाचित केन्द्रीय सदस्यहरुबाटै पदाधिकारीको निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖