• Tuesday 6th of October 2026

रास्वपा महाधिवेशनमा फेरि निस्क्याे विवाद


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक दिन ढिलो गरी सम्पन्न भएको केन्द्रीय समितिको निर्वाचनमा फेरि विवाद भएको छ।

रास्वपाको विधान अनुसार प्रवास कमिटीका प्रतिनिधिहरूले विदेशबाट मोबाइल एपमार्फत् मतदान गर्ने व्यवस्था छ। प्रवास कमिटीमा १६३ जना भोट हाल्न योग्य महाधिवेशन प्रतिनिधिहरू रहेको बताइएको छ। तर पार्टीका प्रदेश सभापतिहरूले प्रवास कमिटीबाट मोबाइल एपमार्फत गरिने मतदानमा असहमति जनाइरहेका छन्।

सातै जना प्रदेश सभापतिहरूले प्रवास कमिटीको भोटिङमा असन्तुष्टि जनाएपछि केन्द्रीय समितिको मतदान सकिए पनि गणना सुरू हुन नसकेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए।

रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो। निर्वाचनमा २९५९ जनाले मतदान गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖