विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।
विराटनगरमा आयोजित पार्टी एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वामपन्थी शक्तिहरूबीच मात्र नभई लोकतान्त्रिक पार्टी जनता समाजवादी पार्टी (जसपा) सँग पनि छलफल भइरहेको बताएका हुन्।
प्रचण्डले आगामी महाधिवेशनले ‘नयाँ राजनीतिक क्रमभङ्ग’ ल्याउने दाबी गर्दै “प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस्, अब कस्तो हुन्छ” भन्ने टिप्पणी पनि गरेका थिए।
उनले पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि जोड दिने उल्लेख गरे। सहसंयोजक माधवकुमार नेपाल हाल रसिया भ्रमणमा रहेको र आफू पनि चाँडै श्रीलङ्का जाने तयारीमा रहेको जानकारी उनले दिए।
