• Tuesday 6th of October 2026

जेनजी आन्दोलनपछि चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिने भएका छन्।

मदन भण्डारी फाउन्डेसन ले असार १४ गते आइतबार काठमाडौँस्थित राष्ट्रिय सभागृह मा ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’ आयोजना गर्दैछ।

फाउन्डेसनका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा सहभागी हुनेछन्।

यस्तै, उपेन्द्र यादव पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।

२०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा निधन भएका तत्कालीन एमाले महासचिव मदन भण्डारी को असार १४ गते ७५औँ जन्मजयन्ती परेको हो। जन्मजयन्तीका अवसरमा नेताहरूले मदन भण्डारीको योगदानबारे चर्चा गर्नुका साथै विभिन्न पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖