विराटनगर । विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरीलाई प्रहरीले शनिबार बिहान घरमा छापा मारी नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीले उनलाई कारागारभित्र अवैध असुली धन्दा चलाएको अभियोगमा पक्राउ गरिएको जनाएको छ । प्रहरीले उनको घर घेरा हालेर खानतलासी गरेको थियो ।
बरामद विवरण सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार शंकास्पद वस्तु रहेको आशङ्कामा छापा मारिएको हो र अनुसन्धान जारी छ ।
गिरीमाथि कैदीबन्दीबाट रकम असुली तथा भत्ता अपचलनको आरोप लागेको छ । उनी भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गर्छन् ।
