• Sunday 4th of October 2026

मेस्सी आजकाे खेल सुरूबाट नखेल्ने, हाफ टाइम पछि मैदानमा निस्कने


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ असार । विश्वकपका सर्वाधिक गोलकर्ता लियोनेल मेस्सीले अर्जेन्टिनाको अन्तिम समूह खेल जोर्डन विरुद्ध खेलमा सुरू देखी नै मैदानमा नहुने भएका छन ।

 

उनले यस पटकको खेलमा सुरूमा बेन्चमा बसेर गर्ने प्रबन्धक लियोनेल स्कालोनीले पुष्टि गरेका छन्।

 

३९ वर्षीय मेस्सीले आफ्नो पहिलो दुई खेलबाट ५ गोलसहित गोल्डेन बुटको अङ्कमा अग्रता लिएका थिए, जसमा अस्ट्रिया विरुद्धको दुई गोल पनि समावेश छ।  जसले उनलाई विश्वकपको सर्वकालीन रेकर्ड गोलकर्ता बनाएको छ।

 

आइतबार बिहान ७ः३० बजेवाट सुरु हुने डलासमा खेल अघि बोल्दै स्कालोनीले मेस्सीलाई आराम दिने निर्णय चोटपटकसँग सम्बन्धित नभएको पनि बताएका छन् ।

 

‘लियो मेस्सीे सम्भवतः दोस्रो हाफ पछि मैदानमा आउनेछन्,’ , उनले भने, ‘हामीले कुरा गर्यौं र त्यसरी राम्रो हुने कुरामा सहमत भयौं तर स्पष्ट रूपमा प्रतिस्पर्धात्मक फर्ममा रहनु उनको लागि पनि राम्रो हो।’

 

उनका अनुसार भोलिको खेलमा उनको स्थानमा कसले खेल्छ भन्नेसँग सम्बन्धित छैन।’

 

‘जोर्डन एक राम्रो प्रतिद्वन्द्वी हो र हाम्रो उद्देश्य बल राख्नु र कब्जामार्फत हावी हुनु हुनेछ, विपक्षी खेलाडीका फरवार्डहरू छिटो छन् र हामीले यसलाई ध्यानमा राख्नु पर्नेछ,’ उनले भने ।

फ्रान्सले नर्वेमाथि ४–१ को जित हासिल गर्दा किलियन एमबाप्पेले आफ्नो ४ गोलमा थप गोल थप्न सकेनन्, जुन खेलमा ४ गोल गरेका एर्लिङ हालान्ड पनि बेन्चमा बसेका थिए ।

तर, फ्रान्सको ओस्मान डेम्बेलेले पहिलो हाफमा ह्याट्रिक गर्दै प्रतियोगिताको लागि ४ गोल गर्न आफूलाई गोल्डेन बुटको दाबीमा राखेका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖