• Sunday 4th of October 2026

मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जोर्डनविरुद्ध जारी खेलमा कप्तान लियोनेल मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियममा उपस्थित समर्थकहरूले भव्य स्वागत गरेका छन्।

दोस्रो हाफमा प्रशिक्षक लियोनेल स्कालोनीले मेसीलाई मैदानमा उतारेपछि दर्शकदीर्घि ताली र हुटिङले गुञ्जिएको थियो। मेसीको परिवार पनि स्टेडियममै उपस्थित रहेर खेल हेरिरहेको छ।

अर्जेन्टिनाले यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले स्कालोनीले मेसीलाई सुरुआती टोलीमा नराखी विश्राम दिएका थिए। उनले खेलअघि नै मेसी दोस्रो हाफमा मैदान प्रवेश गर्ने बताएका थिए।

हाल अर्जेन्टिना जोर्डनविरुद्ध २–१ ले अगाडि छ। जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि गोल गरेका छन् भने जोर्डनका मुसा अल–तमारीले एक गोल फर्काएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖