• Sunday 4th of October 2026

बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध गोल गर्दै आफ्नो विश्वकप करिअरको गोल संख्या १९ पुर्‍याएका छन्।

मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–१ को अग्रता दिलाए।

योसँगै मेसीले विश्वकपमा आफ्नो गोल संख्या १९ पुर्‍याएका छन्। समूह चरणका अघिल्ला दुई खेलमा पनि उनले पाँच गोल गरेका थिए भने जोर्डनविरुद्ध गोल थप्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖