• Tuesday 6th of October 2026

‘बालेन तानाशाही’:पूर्वप्रधानमन्त्री खनाल


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन शाहको कार्यशैली तानाशाही भएको आरोप लगााएका छन् ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको आवश्यकता वामपन्थी एकता रहेको बताए।

वर्तमान रास्वपाका वरिष्ठ नेता वालेन्द्र शााह(बालेन) नेतृत्वको सरकारप्रति उनी आक्रोशित रुपमा प्रस्तुत भएका छन् ।

उनले मदन भण्डारी देशभक्ति नेता भएको जिकिर गरे । मदन भण्डारी भएको भए भारतसँग महाकाली सम्झौता गर्नुपर्ने बाध्यता र अमेरिकी एमसीसी परियोजना लिन बाध्य नहुने उनको भनाइ छ । उनले महाकाली सम्झौता र एमसीसीले देशमा केही नदिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖