• Tuesday 6th of October 2026

किशोरद्वारा बालेन शाहलाई गोली हान्ने धम्की, पेस्तोलसहित दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई गोली प्रहार गरेर हत्या गर्ने भन्दै पेस्तोल बोकेका दुई जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादव र मुखियाबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ ।

धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार यादव र मुखियाले नशाको सुरमा जथभावी बोल्दै हिँडेको थाहा पाएपछि पक्राउ गरिएको हो । उनले भने, ‘यी दुई जना मदिरा र लागूऔषधको नशामा थिए, जथाभावी बोल्दै हिँडेका थिए । हामीले पक्राउ गर्‍यौं ।’

एउटा भिडियोमा यादव र मुखियाले प्रधानमन्त्री ‘बालेनले गाउँ चम्काइदिन्छु भनेर भोट हालेको तर केही गरेन’ भन्दै गोली हान्ने योजनामा रहेको बताएका छन् । तर, उनीहरूको बोली लठ्ठीएको भिडियोमा प्रस्ट देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖