• Tuesday 6th of October 2026

कांग्रेस नेता निधि निवासमा तीन नेताबिच छलफल


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि निवास मध्यबानेश्वमा तीन नेताबिच छलफल भएको छ।

निधिसहित डा. शशाङ्क कोइराला र प्रकाशमान सिंहबिच बिहीबार पार्टीको आन्तरिक विषयलाई केन्द्रमा राखेर छलफल भएको हो।

उनीहरूबिच पार्टीको १५ औँ महाधिवेशनको विषयमा छलफल भएको निधिका स्वकीय सचिव विश्वास निधिले जानकारी दिए।

कांग्रेसभित्र महाधिवेशन र पार्टी सदस्यताको विषयमा विवाद छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖