• Tuesday 6th of October 2026

बिष्णु पौडेल थप ६ दिन थुनामा नै रहने


  • धनकुटा खबर
  • .

काठमाडौं, १८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आज विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

 

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।

 

पौडेल पत्नीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भने विचाराधीन अवस्थामा छ। आज सो मुद्दाको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको छ । यसको निर्णय हुन बाँकी छ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖