• Tuesday 6th of October 2026

हर्क साम्पाङलाई नेपाल–आयरल्यान्ड संसदीय मैत्री समूहको संयोजकको जिम्मेवारी


  • धनकुटा खबर
  • .

काठमाडौ । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई नेपाल–आयरल्यान्ड संसदीय मैत्री समूहको संयोजकमा नियुक्त गरिएको छ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उनलाई उक्त जिम्मेवारी दिएका हुन्।

यस समूहले आयरल्यान्डको संसदसँग समन्वय गर्दै नेपाल–आयरल्यान्डबीच संसदीय संवाद, कूटनीतिक सम्बन्ध तथा विधायिकी अनुभवको आदान–प्रदानलाई थप सुदृढ बनाउने लक्ष्य राखेको छ।

साथै, दुई देशबीचको संसदीय सहकार्य र लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖