• Tuesday 6th of October 2026

कर्णाली बस दुर्घटनाबारे रास्वपा सांसदले गृहमन्त्रीसँग मागे जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले कर्णाली नदीमा बस खसेर भएको दुर्घटनाबारे सरकारको भूमिका स्पष्ट पार्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उद्धार कार्यमा सरकारले आफ्नो सम्पूर्ण क्षमता परिचालन गरेको थियो वा थिएन भन्ने विषयमा प्रश्न उठाउँदै सुधन गुरुङसँग स्पष्ट जवाफ मागे।

प्रसाईंले दुर्घटनाका बेला यात्रुहरूले भीरबाट हारगुहार गरिरहेको तथा उद्धारमा लापरबाही भएको भन्ने आरोपबारे पनि सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताए।

उनले भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुःखद दुर्घटना दोहोरिन नदिन सरकारले के–कस्ता दीर्घकालीन योजना बनाएको छ भन्ने विषयमा पनि गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖