• Tuesday 6th of October 2026

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौं । विशेष अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उक्त अनुमति दिएको हो।

अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको जनाइएको छ।

यसअघि पनि अदालतले उनीमाथिको अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको थियो। अब पछिल्लो आदेशअनुसार थप पाँच दिन हिरासतमा राखी अनुसन्धान अघि बढाइनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖