• Tuesday 6th of October 2026

‘रास्वपा वासिङ मेशिन हो र सबै सफा हुनलाई ?’– एमाले सांसद पद्मा अर्याल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)की संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति लक्षित गर्दै संसद्मा कडा टिप्पणी गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपालाई ‘वासिङ मेशिन’ नभएको टिप्पणी गर्दै, त्यसमा प्रवेश गर्नेबित्तिकै सबै व्यक्ति सफा नहुने बताइन्। साथै रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि पनि प्रश्न उठाउँदै व्यवहारमा त्यसको अनुभूति जनताले गर्न नसकेको दाबी गरिन्।

अर्यालले नयाँ राजनीतिक दलहरूले विगतका सरकारहरूको योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्न नहुने पनि बताइन्। लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको संस्थागत विकासमा अघिल्ला सरकारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले देशमा विकास नभएको होइन, अपेक्षाअनुसार नभएको मात्र हो भन्ने धारणा राखिन्।

उनले वर्तमान सरकारलाई सुशासन र विकासका काममा प्रभावकारी रूपमा अघि बढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्न एमाले तयार रहेको पनि बताइन्।

सम्बोधनका क्रममा अर्यालले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमि फिर्ता ल्याउने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय हितका विषयमा सबै दल एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖