• Sunday 4th of October 2026

तीन तीन पटक फाइनल पुग्ने पहिलो युरोपेली टिम फ्रान्सले देखाउला त आज जादु ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ असार । लगातार तीनवटा फिफा विश्वकपको फाइनल खेल्ने दोस्रो युरोपेली राष्ट्र बन्ने फ्रान्सको प्रयास जारी छ ।

 

यसपटक उनीहरूको सामना कतार २०२२ को सेमिफाइनलमा आफूले पराजित गरेको टोलीसँग हुँदैछ। मोरक्को अघिल्लो पटक उपाधि नजिक पुगेर पनि चुक्यो तर त्यस चरणसम्म पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको थियो, एउटा यस्तो उपलब्धि जसलाई उनीहरू फिफा विश्वकप २०२६ मा पनि दोहोर्‍याउन चाहन्छन्।

 

विश्वकपमा लगातार आठौं पटक सहभागिता जनाइर हेको फ्रान्सले उत्कृष्ट खेल प्रदर्शन गरेको छ। किलियन एम्बाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसेको आक्रामक खेलले विपक्षीको रक्षापंक्तिलाई तहसनहस पार्दै उनीहरूले समूह ‘आई’मा सहज दबदबा कायम गरे र स्वीडेनलाई पराजित गरे। ‘राउन्ड अफ १६’  मा उनीहरूले कडा प्रतिस्पर्धा गर्ने पाराग्वेलाई १–० ले हराउन प्रभावशाली दृढता प्रदर्शन गरे।

 

यस चरणसम्म आइपुग्दा मोरक्कोको यात्रा केही कठिन रह्यो तर मोहम्मद ओहाबीको टोलीले उच्च स्तरको खेल र लडाकु मनोबल प्रदर्शन गरेको छ। ब्राजिलसँग १–१ को प्रभावशाली बराबरी खेलेर सुरुवात गरे पछि मोरक्कोले स्कटल्याण्डलाई १–० ले हराएर र त्यसपछि हाइटीविरुद्धको उतार चढावपूर्ण खेलमा ४–२ को जित निकाल्दै समूह ‘सी’मा दोस्रो स्थान पक्का गर्‍यो।

 

त्यस पछि नेदरल्याण्ड्सविरुद्धको ‘राउन्ड अफ ३२’ को खेलमा इस्सा डिओपले ‘हेडर’ मार्फत नाटकीय रूपमा अन्तिम समयमा बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले, जहाँ ‘एटलस लायन्स’ अर्थात मोरक्कोको टोली पेनाल्टीमा विजयी भयो। अन्ततः ‘राउन्ड अफ १६’ मा अजेदिन ओनाहीको दुई गोल र सुफियान राहिमीको अन्तिम समयको गोलको मद्दतले उनीहरूले सह आयोजक क्यानडामाथि ३–० को शानदार जित हासिल गरेर क्वाटर फाइनलमा प्रवेश गरेका हुन । र, यीनै दुवै टोली २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा मैदानमा उत्रदैछन । यो खेल आज राति १ः४५ बजे बोस्टन स्टेडियममा हुदैँछ ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖