• Tuesday 6th of October 2026

पूर्व गृहसचिव पोखरेलको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २८ । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ ।

उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।

उनका १ छोरा र ३ छोरी छन् । अष्ट्रेलियामा रहेका छोरा प्रदीप र छोरी रमिला काठमाडौं आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ ।

जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी हुन् भने माइली छोरी उर्मिला राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖