• Sunday 4th of October 2026

लाउटारोको गोलसँगै अर्जेन्टिनालाई ३–१ को बलियो अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयको अन्तिम क्षणमा अर्को गोल थप्दै ३–१ को बलियो अग्रता बनाएको छ।

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलमा अतिरिक्त समयको दोस्रो हाफको इन्जुरी समयमा ९१२०ं१ औँ मिनेट० लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित लगभग सुनिश्चित गरेका हुन्। जुलियो लोपेजको पासमा उनले टोलीका लागि तेस्रो गोल गरे।

यसअघि अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए।

निर्धारित समयमा अर्जेन्टिनाका लागि १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले कप्तान लियोनेल मेस्सीको असिस्टमा गोल गरेका थिए भने स्विट्जरल्यान्डका ड्यान एन्डोयेले ६७औँ मिनेटमा बराबरी गोल फर्काएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖