काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरमै कार्यक्रम आयोजना गरी सम्बोधन गर्ने तयारी गरेका थिए। निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएपछि प्रसाईंलाई भक्तपुरस्थित उनको निवासमा सुरक्षित रूपमा पुर्याएको जनाएको छ।
प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। तर सुरक्षा संवेदनशील क्षेत्र भएकाले प्रहरीले कार्यक्रम गर्न नदिई उनलाई त्यहाँबाट हटाएको हो।
