• Tuesday 6th of October 2026

बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ ।
 
विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट आज थप ३ दिनको म्याद थप गरिएको हो ।
 
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिन र असार २४ मा ५ दिनको म्याद थपिएको थियो । । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो ।
 
पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज गरिसकेकाे छ । 
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖