• Tuesday 6th of October 2026

अब बैंकमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक अनिवार्य, राष्ट्र बैंकको नयाँ निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न निर्देशन दिएको छ। राष्ट्रिय परिचयपत्र अनिवार्य लागू हुनुअघि खाता खोलेका ग्राहकको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आगामी असोज मसान्तभित्र मोबाइल बैंकिङ एप वा अन्य उपयुक्त माध्यमबाट खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको सम्बन्धमा स्वघोषणा लिनुपर्नेछ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा सम्बन्धित राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा संकलन गरी बैंकले ग्राहकको विवरण अद्यावधिक गर्नुपर्नेछ।

यस्तै, हालसम्म राष्ट्रिय परिचयपत्र नलिएका ग्राहकलाई पुस मसान्तभित्र राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराई आफ्नो बैंक खाताको विवरण अद्यावधिक गर्न जानकारी दिनुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको बैंक खाता खोल्न भने राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖