• Tuesday 6th of October 2026

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक अवस्था तथा राष्ट्रिय हितका विविध विषयहरूमा केन्द्रित रहेर छलफल भएको छ। भेटमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओलीको पनि सहभागिता रहेको थियो।

सरकार सञ्चालन र राष्ट्रिय चासोका विषयमा प्रमुख राजनीतिक दलका नेतृत्वसँग संवाद गर्ने क्रममा प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच पछिल्लो समय विकसित परिस्थिति र आपसी सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖