• Tuesday 6th of October 2026

शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने, भारी वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने भएकाले देशका अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। शनिबारसम्म पनि पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाका कारण पहिरो जाने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मौसमविद् महर्जनले लामो दूरीको यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्था बुझ्न, अद्यावधिक मौसमी सूचना लिन र त्यसपछि मात्रै यात्रा गर्न सर्वसाधारणलाई सुझाव दिएकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖