• Sunday 4th of October 2026

विश्वकपमा सर्बाधिक १० गोल भन्दा बढी गर्ने यी हुन १७ खेलाडी (सुचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ साउन । फिफा विश्वकपमा फ्रान्सका किलियन एम्बाप्पेले सर्बाधिक १० गोलसहित कुल गोल संख्या २२ पुरयाएर अहिलेसम्मका सबै रेकर्ड तोडन सफल भएका छन् ।

 

फ्रान्सका २७ बर्षे स्ट्राइकर एम्बाप्पेले यो उमेरमा बनाएको रेकर्ड सम्भवतः अब अर्जेन्टिनका लियोनेल मेस्सीले बाहेक अरूले तोडन सक्दैन्, त्यो पनि आज हुने फाइनल खेलमा मेस्सीले २ गोल गरेको खण्डमा मात्रै उनको रेकर्ड तोडिनेछ । र, सम्भवतः मेस्सी यो विश्वकपवाट बाहिरिएसँगै एम्बाप्पले अर्को बिश्वकप पनि खेल्ने छन, जहाँ उनले अझै गोल गर्ने मौका पाउने छन्, मेस्सीले यो विश्वकपमा रेकर्ड तोडि हाले पनि अर्को विश्वकपमा एम्बाप्पेले थप गोल गरेर विश्वकपको इतिहासमा सर्बाधिक गोल गर्ने सर्बकालिक खेलाडीको रूपमा उनले नाम दर्ज अवश्य गराउने छन् । 

 

अचम्म त के भने जारी फिफा विश्वकप खेलेका एम्बाप्पे, अर्जेन्टिनाका लियाेनेल मेस्सी, इंग्ल्यान्डका हयारी केन  र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाे पनि सर्बाधिक गाेल हान्ने खेलाडीकाे सुचीमा अटाएका छन् । जारी विश्वकपमा एम्बाप्पेले १० गाेल र मेस्सीले ८ गाेल गरेर सर्बाधिक गाेल हान्ने खेलाडीकाे सुचीमा राख्न सफल भएका छन् ।  

 

उसो भए जानौं, हालसम्म विश्वकपमा सर्बाधिक गोल गर्ने खेलाडीका बारेमा ।  

१. फ्रान्सका केलियन एमबाप्पेः २२ गोल
२. अर्जेन्टिनाका लियोनेल मेस्सीः २१ गोल
३. जर्मनीका मिरोस्लाभ क्लोजः १६ गोल
४. ब्राजिलका रोनाल्डोः १५ गोल
५. जर्मनीका गर्ड मुलरः १४ गोल
६. इंग्ल्यान्डका ह्यारी केनः १४ गोल
७. फ्रान्सका जस्ट फोनाटिनः १३ गोल
८. ब्राजिलका पेलेः १२ गोल
९. हंगेरीका सन्डर कसिसः ११ गोल
१०. जर्मनीका जर्गन किन्सल्म्यानः ११ गोल
११. पोर्चुगलका क्रिस्टियानो रोनाल्डोः १० गोल
१२.जर्मनीका हेल्मुट रहनः १० गोल

१३. ग्यारी लिनकरस् १० गोल
१४. इंग्ल्यान्डका गेब्रियल बाटिस्टुटाः १० गोल
१५. पेरूका टेफोलो क्युबलिसः १० गोल
१६ जर्मनीका थोमस मुलरः १० गोल
१७. पोल्यान्डका ग्रेजोरेज ल्याटोः १० गोल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖