• Sunday 4th of October 2026

फाइनल अघि मेस्सीको सन्देश, ‘अर्जेन्टिनाले यस्तो कथा लेखिसकेको छ, जुन कहिल्यै बिर्सन सकिदैन्’


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ असार । अर्जेन्टियन कप्तान लियोनेल मेस्सीले विश्वकपको फाइनल खेल्नु अघि एक सन्देश जारी गरेका छन । 

 

स्पेनसँग आज राती नेपाली समय अनुसार १२ः४५ बजेको खेल खेल्नका लागि मैदानमा उत्रनु अघि मेस्सीले आफ्नो राष्ट्रिय टिमको एकता र सहकार्यले नै फाइनलमा पुग्न सफल भएको बताएका छन । 
 

 

यस्तो छ फाइनल अघि मेस्सीको सन्देशः

‘यी सबै वर्षहरूको सबैभन्दा सुन्दर पक्ष केवल ट्रफीहरू मात्र थिएनन्, बरु सम्पूर्ण यात्रा नै थियो।

 

यस समूहसँगको दैनिक सहकार्य, सँगै प्रतिस्पर्धा, कठिन क्षणहरूमा एकअर्कालाई सम्हाल्दै अघि बढ्ने प्रयास र यात्राको हरेक पाइलामा लिइएको आनन्द।

 

मेरा प्रत्येक सहकर्मी खेलाडी, प्रशिक्षक टोली र यो राष्ट्रिय टोलीलाई सधैं एक परिवारको रूपमा कायम राख्न दिनरात खट्ने सबैप्रति धन्यवाद।

 

भोलि जे भए पनि यो समूहले यस्तो कथा लेखिसकेको छ, जुन हामी कहिल्यै बिर्सने छैनौं र जसलाई कसैले पनि मेटाउन सक्ने छैन्।

 

लभ यु अर्जेन्टिना’

 

साथै, उनले यस विश्वकपमा अर्जेन्टिनासँग जोडिएका सबैजना समेटिएको एउटा सामूहिक तस्बिर पनि साझा गरेका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖