• Tuesday 6th of October 2026

१ रुपैयाँको नयाँ सिक्कामा लो ग्याकर गुम्बा, २ रुपैयाँमा नेपालको नक्सा यथावत्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल सरकारले १ रुपैयाँ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का स्वीकृत गरेको छ। नयाँ सिक्का आकारमा साना, तौलमा हलुका तथा स्टेनलेस स्टिलबाट निर्माण गरिने भएका छन्।

नयाँ डिजाइनअनुसार १ रुपैयाँको सिक्कामा यसअघि रहेको नेपालको नक्साको सट्टा मुस्ताङस्थित ऐतिहासिक लो ग्याकर गुम्बाको चित्र राखिने भएको छ। भने २ रुपैयाँको सिक्कामा नेपालको नक्सा यथावत् रहनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार १ रुपैयाँको सिक्का आकारमा सानो भएकाले त्यसमा नेपालको नक्सा स्पष्ट रूपमा समेट्न कठिन हुने भएकाले नक्साको सट्टा नयाँ डिजाइन अपनाइएको हो।

सरकारले नयाँ सिक्का टिकाउ, उत्पादन लागत कम हुने र वातावरणमैत्री हुने भएकाले नयाँ डिजाइन स्वीकृत गरिएको जनाएको छ।

नयाँ सिक्का प्रचलनमा आउने तयारीसँगै यसको डिजाइनलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिन थालेका छन्। कतिपयले मुलुकको ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई प्राथमिकता दिएको भन्दै निर्णयको स्वागत गरेका छन् भने केहीले राष्ट्रिय प्रतीकका रूपमा रहेको नेपालको नक्सा १ रुपैयाँको सिक्काबाट हटाइएको विषयमा चासो र टिप्पणी व्यक्त गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖