काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै आक्रोश पोख्दै स्पेनका खेलाडीसँग झडप गरेका छन्।
अन्तिम सिटी बजेलगत्तै स्पेनका मिडफिल्डर रोड्री उपाधि उत्सव मनाउन मैदानतर्फ दौडिँदा अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिनाले उनलाई धक्का दिएका थिए। त्यसपछि रोड्री फर्किएर प्रतिकार गर्न खोज्दा दुवै टोलीका अन्य खेलाडी पनि त्यहाँ पुगेका थिए।
झडपका क्रममा अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पारेडेस सबैभन्दा आक्रामक देखिएका थिए। उनले स्पेनका खेलाडीहरूलाई धक्का दिनुका साथै आक्रामक व्यवहार प्रदर्शन गरेका थिए, जसका कारण केहीबेर मैदान तनावग्रस्त बनेको सीएनएनले समाचारमा उल्लेख गरेको छ ।
विश्वकपको उपाधि रक्षा गर्न असफल भएको अर्जेन्टिनाको अभियान निराशाजनक अन्त्यसँगै मैदानभित्रको यो घटना भएको समाचारमा उल्लेख छ ।
