• Tuesday 6th of October 2026

अर्थमन्त्रीलाई भेट्न अब क्यूआरमार्फत नाम टिपाउनुपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूलाई भेट्न आउने सरोकारवाला, विशिष्ट व्यक्ति तथा सर्वसाधारणहरूका लागि भेटघाटको नयाँ समय तालिका निर्धारण गर्नुभएको छ। मन्त्रीको समय व्यवस्थापनलाई थप व्यवस्थित बनाउन मन्त्रालयको सचिवालयले यो कार्यविधि ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार अर्थमन्त्रीसँग भेटघाट गर्न हप्ताको तीन दिन-मंगलबार, बुधबार र बिहीबार-मात्र तोकिएको छ। यी दिनहरूमा अपराह्न ४ बजेदेखि ६ बजेसम्म मात्र भेटघाटको समय निर्धारण गरिएको छ।

भेटघाटलाई व्यवस्थित बनाउन सचिवालयले क्यूआर कोडको व्यवस्था गरेको छ। इच्छुक आगन्तुकहरूले उक्त क्यूआर कोड स्क्यान गरी भेटघाटको विषय स्पष्ट रूपमा खुलाउनुपर्नेछ र सचिवालयमार्फत अग्रिम रूपमा समय तालिका लिनुपर्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖