• Tuesday 6th of October 2026

मृगेन्द्रनाथ रिमाल पनि पक्राउ


  • धनकुटा खबर
  • .

व्यवसायी दिपक भट्टविरुद्ध दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौँ महानगरपालिका–७, सिफलबाट रिमाललाई पक्राउ गरेको हो। उनी सोही क्षेत्रका स्थायी बासिन्दा हुन्।

सीआईबीका अनुसार व्यवसायी दिपक भट्टविरुद्ध बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। सोही प्रकरणमा रिमालको संलग्नता देखिएपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

पक्राउपछि बिहीबार नै रिमाललाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ। अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया अघि बढाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖