काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाहलाई ‘चुच्चे नक्सा’बारे प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमा संक्षिप्त टिप्पणी गर्दै साम्पाङले लेखेका छन्, “बालेन जी… चुच्चे नक्सा खोइ?”
साम्पाङको यो टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। केहीले यसलाई सरकारले राष्ट्रिय मुद्दामा गरेको प्रतिबद्धताप्रति प्रश्नका रूपमा व्याख्या गरेका छन् भने केहीले राजनीतिक व्यंग्यका रूपमा टिप्पणी गरेका छन्।
साम्पाङको उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाह वा उनको सचिवालयबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।
