• Monday 5th of October 2026

सर्वदलीय बैठकमा गएनन् ओली र साम्पाङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरिएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ अनुपस्थित भएका छन्।

ओलीको प्रतिनिधित्व गर्दै एमाले महासचिव शंकर पोखरेल बैठकमा सहभागी भएका छन् भने हर्क साम्पाङको तर्फबाट प्रमुख सचेतक आरेन राई उपस्थित भएका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, जनमत पार्टीका अध्यक्ष सिके राउत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरू सहभागी भएका छन्।

सुनसरीको देवानगञ्जमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्दै सामाजिक सद्भाव, शान्ति–सुरक्षा कायम गर्ने तथा द्वेष फैलिन नदिन राजनीतिक तहबाट साझा सन्देश र अपिल जारी गर्ने विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖