• Monday 5th of October 2026

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार विकसित पछिल्लो सुरक्षा अवस्था र सामाजिक संवेदनशीलतालाई दृष्टिगत गरी बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक डाकिएको हो।

कप्तानगन्ज बजारमा दुई पक्षबीच चर्किएको विवाद नियन्त्रण बाहिर गएपछि स्थिति साम्य पार्न खटिएका सुरक्षाकर्मीले चलाएको गोली लागेर एक स्थानीय युवकको मृत्यु भएको थियो। घटनापछि सो क्षेत्रमा झन् तनाव बढेको छ भने सम्भावित थप हिंसा र मुठभेड रोक्न स्थानीय प्रशासनले कप्तानगन्ज र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

मन्त्रिपरिषद्को यो बैठकमा देवानगन्ज र समग्र सुनसरी जिल्लाको शान्ति-सुरक्षाको अवस्था समीक्षा, स्थिति सामान्य बनाउन चालिने थप कदम, मृतकका परिवारलाई राहत तथा घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिनका विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖