• Monday 5th of October 2026

रास्वपाद्वारा ७ नेताको सचिवालय गठन


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विधानको भाग–६ को धारा २३ बमोजिम सचिवालय गठन गर्ने निर्णय गरेको हो।

गठित सचिवालयमा सभापति रवि लामिछाने, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।

बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, केन्द्रीय समितिले प्रथम महाधिवेशनको समीक्षा गर्ने, विभिन्न विभागका कार्यविधि पारित गर्ने तथा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि भदौ १ गतेदेखि आवेदन खुला गर्ने निर्णय गरेको छ।

रास्वपाले पार्टीका मन्त्रीहरूसँग नियमित संवाद र समन्वयलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖