• Monday 5th of October 2026

सरकारले चार सचिवको सरुवा गर्‍यो, एक सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गर्दै एक वरिष्ठ सहसचिवलाई कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

मुख्यसचिव गोविन्द कार्कीका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। उक्त मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ। बस्नेत गत माघमा मात्र सञ्चार मन्त्रालयमा सरुवा भएकी थिइन्।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेकी सचिव राधिका अर्याललाई कर्णाली प्रदेश सरकारको प्रमुख सचिवका रूपमा सरुवा गरिएको छ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ। उनी अनिवार्य अवकाशको नजिक रहेकाले उक्त निर्णय गरिएको जनाइएको छ।

यस्तै, बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी वरिष्ठ सहसचिव कमलप्रसाद भट्टराईलाई दिइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖