जनकपुरधाम । जनकपुरधाममा शान्ति–सुरक्षाको अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार जनकपुरधामका तोकिएका क्षेत्रमा आज दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार सम्भावित अप्रिय घटना रोक्न तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू लागू हुने क्षेत्रको सीमा र अन्य विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचनामार्फत सार्वजनिक गर्ने जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
