• Monday 5th of October 2026

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरूङले जवाफ दिने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ साउन । राष्ट्रिय सभाको बैठक बस्दैछ।

 

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजेवाट सुरू हुनेछ । 

आजको गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। आजको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनेछन ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

 

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖