• Monday 5th of October 2026

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

भूकम्पको धक्का रोल्पासहित आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।

हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖