• Monday 5th of October 2026

रुबी ठाकुर माथि किन खनिए सुदन किराँती ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रुवीकुमारी ठाकुरको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीको योगदान र सिद्धान्तलाई बेवास्ता गर्न नहुने बताएका छन्।

पार्टीको एक कार्यक्रममा बोल्दै किराँतीले पार्टीको समर्थनमा मन्त्री, सांसद वा उपसभामुखजस्ता जिम्मेवार पदमा पुगेपछि पार्टीको नीति, सिद्धान्त र कार्यकर्ताको योगदानलाई बिर्सने प्रवृत्ति स्वीकार्य नहुने बताए।

उनले श्रम संस्कृति पार्टीको तर्फबाट सार्वजनिक पदमा पुगेका सबै नेताले पार्टीको नीति, विचार र अनुशासनभित्र रहेर काम गर्नुपर्ने धारणा राखे। पार्टीभित्र स्वेच्छाचारिता स्वीकार्य नहुने उल्लेख गर्दै विधि, अनुशासन र सामूहिक निर्णयको पालना आवश्यक रहेको उनको भनाइ थियो।

किराँतीले पार्टीलाई देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गर्दै भविष्यमा पार्टी अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने दाबी पनि गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖