• Sunday 4th of October 2026

म्याच फिक्सिङको आरोपमा अमेरिकन क्रिकेटर ८ बर्षका लागि प्रतिबन्धित


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार म्याच फिक्सिङको दोषी ठहरिए पछि अमेरिकाका अन्तर्राष्ट्रिय खेलाडी अखिलेश रेड्डीलाई ८ वर्षका लागि निलम्बन गरिएको छ।

 

फ्रान्चाइजमा आधारित जारी ‘अबूधाबी टी १० लिग’ का क्रममा खेलको भ्रष्टाचार विरोधी संहिताका तीनवटा नियम उल्लंघन गरेको आरोपमा रेड्डीलाई गत नोभेम्बरमा अभियोग लगाइएको थियो र उनलाई अस्थायी रूपमा निलम्बन गरिएको थियो।

 

२६ वर्षीय रेड्डीलाई आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधिकरणले खेलको नतिजा मिलाउन वा अनुचित प्रभाव पार्न खोजेको, अर्का खेलाडीलाई पनि त्यस्तै गतिविधिमा संलग्न गराउने प्रयास गरेको तथा अनुसन्धानसँग सम्बन्धित मोबाइल उपकरणबाट तथ्याङ्क र सन्देशहरू मेटाएको अभियोगमा दोषी ठहर गरेको छ।

 

आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध २१ नोभेम्बर २०२५ देखि लागू हुने जनाएको छ। साथै, रेड्डीले अर्का खेलाडीलाई भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुनका लागि प्रभाव पार्ने गरेको प्रयास भने सफल नभएको पनि उल्लेख गरिएको छ।

 

रेड्डीले अन्तिम पटक अप्रिल २०२५ मा अमेरिकाका लागि खेलेका थिए।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖