• Sunday 4th of October 2026

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने


  • धनकुटा खबर
  • .

काठमाडौं, २० साउन । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानीकर्ताहरूलाई प्रतियोगिताहरूको स्वामित्वको हिस्सा बिक्री गर्ने विवादास्पद योजनाहरूमा आफूले गरेका त्रुटिहरूका लागि माफी मागेका छन्।

 

तर, मोरक्कोमा भएको बैठकमा वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेपछि उनी फिफाको अध्यक्ष पदमा भने अब कायम नै रहने छन्।

 

आफ्ना रद्द गरिएका प्रस्तावहरू माथि बढ्दो आलोचनापछि इन्फान्टिनोले बुधबार रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा व्यवस्थापन बोर्डका सदस्यहरूलाई बोलाएका थिए। बैठक सकिएको चार घण्टापछि विश्व फुटबलको प्रशासकीय निकायले समर्थन जनाउँदै विज्ञप्ति जारी गरेर उनी पदमा यथावत रहेको जानकारी दिएको हो ।

युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले सप्ताहन्तमा इन्फान्टिनो प्रति आफ्नो विश्वास गुमेको बताएको थियो र ‘फिफा फर्वार्ड इन्टरप्राइज, एफएफइ’ प्रस्तावलाई कमसल, गोप्य र पारदर्शी नभएको सम्झौता भनी टिप्पणी गरे पछि इन्फान्टिनो आलोचनाको तिब्र शिकारमा परेका थिए ।

 

फिफा भित्रैबाट पनि धेरै आलोचना भए पछि उनी दबाबमा परिरहेका थिए। जसमा बुधबारको बैठकमा उपस्थित महासचिव म्याथियास ग्राफस्ट्रोम पनि समावेश रहेका थिए ।

 

तर, मंगलबार फिफाका कर्मचारीहरूलाई पठाइएको आन्तरिक पत्रमा उनले यो परिस्थितिलाई ‘दुःखद र निन्दनीय घटनाक्रम’ भनेर उल्लेख गरे पछि मोरोक्कोको बैठक पछि जारी विज्ञप्तिमा ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले अध्यक्षका रूपमा इन्फान्टिनो प्रति ‘पूर्ण समर्थन’ रहेको जानकारी दिएका थिए। 

 

इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्षहरू, काउन्सिल र २११ सदस्य संघहरूलाई हस्ताक्षरसहितको पत्र पठाउँदै आफ्ना त्रुटिहरूका लागि हृदय देखी नै माफी मागेको र भविष्यमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता इन्फान्टिनाले जनाएको उल्लेख गरिएको बीबीसीले दाबी गरेको छ। सो बैठकपछि उनीहरू रबातमा ‘महिला अफ्रिका कप अफ नेसन्स’को खेल सँगै हेर्दै गरेको तस्बिर पनि सार्बजनिक गरिएको थियो ।

 

इन्फान्टिनोले नयाँ सहायक कम्पनी ‘एफएफई’ मार्फत पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानीको प्रस्तावलाई समर्थन गरेमा सबै संघहरूलाई ४ करोड अमेरिकन डलर दिने प्रस्ताव राखेका थिए, सो अनुसार नीजी कम्पनिलाई फिफाको २० प्रतिशत सेयर हिस्सा दिने भन्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाँईका भाईलाई सो हिस्सा दिन खोजे पछि फिफा अध्यक्ष आलोचनाको शिकारमा परेका थिए ।

 

तर, फिफाले बुधबारको बैठकमा एफएफई सम्बन्धी गल्तीहरू स्वीकार गरिएको जनाएको छ। साथै, फिफा काउन्सिल र सदस्य संघहरूलाई प्रक्रियाबाट बाहिर राखिएको महसुस गराउने कुनै उद्देश्य नभएको र प्रक्रिया अर्कै तरिकाले अघि बढाउनुपर्ने थियो भन्ने कुरा पनि स्वीकार गरिए पछि फिफाको आन्तरिक बिबाद केही हदसम्म शान्त हुने देखिएको छ ।

खासमा फिफाका प्रशासकीय निकायले प्रस्ताव सञ्चारमाध्यममा चुहिए पछि पनि त्रुटिहरू भएका थिए भन्ने कुरा स्वीकार गरेको छ । उल्लेखनीय छ कि द टाइम्सले २८ जुलाईमा इन्फान्टिनोको योजनासम्बन्धी समाचार सार्वजनिक गरेको थियो। यद्यपि, उक्त विज्ञप्तिमा यो पनि भनिएको छ कि संस्थाले आफ्नो निष्ठा, सुशासन र विधिसम्मत प्रक्रियामाथि हुने कुनै पनि आक्रमणलाई अब सहने छैन तथा आफ्नो नाम र प्रतिष्ठाको रक्षा एवं संरक्षण गर्न आवश्यक सबै कदम चाल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖