• Monday 5th of October 2026

हङकङमा रहेका शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।

देउवानिकट नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते राति ९:४५ बजे नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ।

यद्यपि, पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति अन्तिम रूपमा टुंगो नलागेको बताएका छन्। उनका अनुसार देउवा साउन २६ वा २८ गते नेपाल फर्किन सक्ने भए पनि मिति अझै औपचारिक रूपमा तय भएको छैन।

देउवा उपचारका लागि गत फागुन १३ गते राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि चैत ७ गते हङकङ प्रस्थान गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖