काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार उनी बिहीबार दिउँसो विचाराधीन मुद्दाको पहिलो तारिख बुझ्न अदालत पुगेका हुन्।
उनी स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा तारिखका लागि अदालतमा उपस्थित भएका हुन्।
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले यसअघि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
