• Monday 5th of October 2026

देउवा फर्किँदा धरपकड भए विरोध गर्छौँं : शशांक कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले साउन २९ देखि ३१ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भेलामा देउवा सहभागी भई सम्बोधन गर्ने जानकारी दिए।

उनका अनुसार देउवा साउन २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। कोइरालाले स्वदेश फर्किने क्रममा देउवामाथि राज्यको तर्फबाट कुनै धरपकड वा अवरोध भए त्यसको विरोध गरिने चेतावनी पनि दिए।

‘उहाँ फर्किँदा त्यस्तो धरपकड हुँदैन भन्ने विश्वास छ। यदि त्यस्तो भयो भने हामी त्यसको कडा विरोध गर्छौँ,’ कोइरालाले भने।

जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा हाल श्रीमती आरजु राणासहित हङकङमा उपचार तथा स्वास्थ्य लाभ गरिरहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖