• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ साउन । लियोनेल मेस्सीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा  निधन भएको छ।

लियोनल मेसीका पिता केही समययता स्वास्थ्य समस्यासँग जुधिरहेको बेला उनको निधन भएको हो । 

 

अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमका अनुसार फुटबलका महान् खेलाडी लियोनेल मेसीका पिता जर्ज मेसीको शुक्रबार राति अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा लामो समयको बिरामीपछि निधन भएको हो ।

 

अर्जेन्टिनी टेलिभिजन प्रस्तोताले जोर्ज मेसीको निधन भएको खबर फैलाएका छन् । जोर्ज मेसीले आफ्ना छोराको प्रारम्भिक खेल जीवनको स्वरूप निर्धारण गर्न र बार्सिलोना जाने निर्णयमा महत्त्वपूर्ण भूमिका खेलेका थिए  । साथै, उनी जीवनभर मेसीका एक प्रमुख विश्वासपात्र रहे।

जर्ज मेसीको बिरामी अवस्था विश्वकपका बेला चर्चाको विषय बनेको थियो । सोही विश्वकपको फाइनलमा उनका छोराको टोली अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भएको थियो।

गत जुनमा विश्वकपअन्तर्गत अल्जेरियाविरुद्ध अर्जेन्टिनाका लागि गोल गरेपछि लियोनल मेसी निकै भावुक देखिएका थिए। त्यसपछि उनले भनेका थिए, ‘म किन रोएँ ? यसको फुटबलसँग कुनै सम्बन्ध थिएन, मेरा लागि केही दिन निकै कठिन रहेका थिए ।’

 

उनको भनाइले व्यापक अड्कलबाजीलाई जन्म दिएको थियो। विभिन्न सञ्चारमाध्यमले यसलाई उनका पिताको स्वास्थ्य अवस्थासँग जोडेर समाचार प्रकाशित गरे यद्यपि त्यहाँ वास्तवमा के भइरहेको थियो भन्नेबारे परस्पर विरोधी विवरणहरू आइरहेका थिए। त्यस घटना पछि मेस्सी परिवारले त्यसबेला एउटा विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘मेस्सी परिवार यो जानकारी गराउन चाहन्छ कि जर्ज मेस्सी हाल स्वास्थ्य समस्यासँग जुधिरहनुभएको छ, उहाँ अहिले चिकित्सकको निगरानीमा हुनुहुन्छ र उहाँको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ।’

 

‘पछिल्ला केही घण्टामा फैलिएका समाचार, हल्ला र अड्कलबाजीहरूलाई मध्यनजर गर्दै, परिवार यो व्यक्त गर्न चाहन्छ कि केही मानिसहरूले परिवारको एकदमै निजी मामिलाप्रति संवेदनशीलता, सम्मान र गोपनीयताको ख्याल नराखी जुन व्यवहार देखाए, त्यसप्रति परिवार गहिरो चिन्ता व्यक्त गर्दछ’ त्यसबेला भनिएको थियो।

र, विज्ञप्तिमा थप यो पनि भनिएको थियो, ‘हामीले पाएको स्नेह, सम्मान र चासोका लागि हामी हृदयदेखि नै कृतज्ञ छौं। साथै, हामी अनुरोध गर्दछौं कि यस प्रक्रियाको दौरान जर्ज र उहाँको सम्पूर्ण परिवारको गोपनीयता तथा व्यक्तिगत दायराको सम्मान गरियोस्।’

त्यसपछि, जुलाईको अन्त्यतिर लियोनेल मेस्सीले ‘मेजर लिग सकर’ को अल स्टार गेम पनि छोडेका थिए, सम्भवतः उनी आफ्ना बुबालाई भेट्न गएका थिए। केही दिन पछि उनी पुनः एमएलएसको खेलमा मैदान फर्किए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖